परिचय



परिचय
यस श्री ने.रा.गणेश उच्च माध्यमिक विद्यालय प्रसेनिपुर, मनाउको आधिकारिक वेभसाइटमा यहाँलाइ हार्दिक स्वागत गर्दछौँ ।
मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत तराई क्षेत्रमा पर्ने पश्चिम बर्दियाको ११ गा.वि.स. (राजापुर टप्पा) भनेर परिचित, प्राकृतिक सौन्दर्य एवं वैभबले भरीपुर्ण यस पवित्र भूमिमा अनगिन्ति मनमोहक सम्पदा छन् । यिनै सुन्दरताका बिच गुणस्तरिय शिक्षाको दिब्य आलोक छर्दै बर्दियाको पश्चििमि क्षेत्रमा २०२२ सालमा कक्षा १ देखि कक्षा ३ सम्म सञ्चालन गर्न स्वीकृति पाएको यस विद्यालयमा हाल कक्षा १ देखि कक्षा १२ सम्म पढाई भैरहेको छ । सामान्य झुप्रोबाट शुरु भएको यस विद्यालय आज यहाँका स्थानीय बासिन्दाको अथक प्रयासबाट महलमा परीणत भएको छ । यसको पुस्टयाइ यहाँका विद्यालय भवन हेरेर गर्न सकिन्छ । यहाँका स्थानिय अथक प्रयासबाट यस विद्यालय आजको यो स्थानमा स्थापना हुन सफल भएको हो । सदा झैँ सहयोग, स्नेह र सुझाव निरन्तर रहेमा “गुणस्तरिय शिक्षाको आधार श्री ने.रा.गणेश उ.मा.वि. प्रसेनिपुरको सरोकार” भन्ने नारालाई आफ्नो मुख्य गन्तब्य बनाएर अगाडि बढ्ने संखनाद यस विद्यालयले गरेको छ ।
नेपाल सरकार शिक्षा विभाग ‘विद्यालयमा आइसिटि’ योजना अन्र्तगत विद्यालयलाई आजको विज्ञान प्रबिधिको समाजमा समावेश हुन सक्ने वातावरण निर्माण तथा विद्यार्थी, अविभावक र सम्पुर्ण सरोकारवालाहरुलाई सहज होस भन्ने उदेश्यले यो वेभसाइट तयार गरिएको हो । आगामि दिनमा विद्यालयका सम्पुर्ण गतिबिधि तथा सुचनाको जानकारी यसै वेभसाइट मार्फत पनि गरिनेछ । धन्यवाद ।

0 comments:

Post a Comment

आज